मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

बिराटनगर असार ६

सुनसरीको पश्चिमकुसाहामा आज बिहान मोटर चलाएर पानी भर्नेक्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।
पश्चिमकुसाहा ९ घर भई हाल सोही गाविस १ स्थित माईतीघर आएकी २२ बर्षिया  दिलदेवी यादवको करेन्ट लागेर मृत्यु भएको हो। मोटरबाट पानी भर्नेक्रममा   करेन्ट लाग्दा उनी गम्भिर घाइते भएकी थिइन्। घाइते महिलालाई उपचारकालागी ईनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्