ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमान्डौ असार ७

रुपन्देहीको तिलोत्तमामा गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा–२० सखुवानीमा लु १ क ४९५ नम्बरको ट्रकले साइकलमा चढेका दुई जनालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्