मोरङका सात विद्यालयको नतिजा शून्य

मोरङका सात विद्यालयको नतिजा शून्य

 

७ असार, मोरङ । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ ।

जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछीको नतिजा शून्य रहेको छ ।

यस पटक मोरङका कुनै पनि सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । सबैभन्दा बढी कविर मावि बेलबारीले ल्याएको छ । उक्त माविबाट ४१ जनाले परीक्षा दिएका थिए । सोमध्ये ३९ जना विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्