सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न

सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न

 

प्रेम देवान

विराटनगर ७ असार ।

हिंसात्मक गतिविधिमा युवाको संलग्न न्यूनीकरण गर्दै दिगो शान्ति स्थापना र राष्ट्र निर्माणमा युवाको रचनात्मक भूमिकाको प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

युवा अभियान काठमाण्डौको आयोजना तथा युरोपियन युनियनको सहयोग र सर्च फर कमन ग्राउन्ड,नेपालको सहकार्यमा सञ्चालन भई रहेको युवा संलग्नता ९थ्यगतज भ्लनबनभ०, कार्यक्रम अन्तर्गत सोमबार विराटनगरमा सम्पन्न भएको हो । मोरङ जिल्लामा रहेका विभिन्न सरोकारवालाहरुको महत्वपूर्ण सहभागिता सहित“सहकार्यका लागि सम्वाद” कार्यक्रम सम्पन्न भएको भएको हो ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल युवा, संचारकर्मी, सरकारी निकाय, नेपाल प्रहरी लागयतका सरोकारवालाहरु लगायत २८ जनाको सहभागिता रहेका युवा अभियान विराटनगर संयोजक हेमन्त परासरले जानकारी दिनुभयो । संयोजक परासरका अनुसार दोस्रो चरणको सम्वाद कार्यक्रममा प्रथम चरणको सम्वाद कार्यक्रमबाट छनौट गरिएका समस्या र सवालहरुमध्ये तिनवटा प्रमुख सवालहरु छनौट गरिएको जानकारी दिनुभयो ।

युवा तथा सरोकारवाला निकाय गरि दुईवटा समूहमा विभाजन गरि प्राथमिकीकरणमा परेका तीनवटा सवालका आधारमा जिल्ला कार्य योजना ९म्ब्ए० तयार पारि सरोकारवालाहरुसंग सल्लाह सुझाव लिदै यसलाई पूर्ण रुपदिने कार्य सम्पन्न गरिएको जनाईएको छ ।

दोस्रो चरणको सहकार्यका लागि सम्वादबाट प्राथमिकीकरणमा परेका मोरङ्ग जिल्लाका तिनवटा युवाकेन्द्रीत सवालहरु उठाईएको थियो । जस अन्र्तगत साईवर क्राईम , लैङ्गिक हिशां तथा मानव वेचविखन,लागू पदार्थ दुव्र्यसन नियन्त्रण अनुगमन रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्