विराटनगर र टंकीसिनवारीका किराना पसलको अनुगमन

<span class='c1'>विराटनगर र टंकीसिनवारीका</span> <span class='c2'>किराना पसलको अनुगमन</span>

विराटनगर, ८ असार : वाणिज्य कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले मंगलबार विराटनगरसहित टंकीसिनवारी चौक वरपरको बजारमा अनुगमन गरेको छ । टोलीले  किराना पसल,  कस्मेटिक्स पसललगायतको अनुगमन  गरेको हो । जिल्ला टंकीसिनवारी–१, २ र विराटनगरको पोखरीयाका लगभग एक एक दर्जन किराना पसल र कस्मेटिक्स पसलहरुमा गरेको अनुगमनको क्रममा टोलीले उपभोग समय सकिएका, तौल कम भएका सामग्री फेला पारेको छ । त्यस्तै पसलको नाम उल्लेख नभएको, नवीकरण नगरेको भेटिएको छ । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका विभिन्न तेल, घिउलगायतका खाद्य सामग्री बरामद गरिएको थियो । टंकीसिनवारी–१ मा रहेको साह किराना पसलमा मूल्यसूची नभएको पाइयो भने सोही पसलमा उपभोग्य मिति सकिएका पाउरोटी नष्ट गरियो । उक्त पसलमै बेच्न राखिएको राधाकृष्ण प्रोडक्टको शिखर गुट्कामा अन्तःशुल्क स्टीकर नपाइएपछि ती सबैे गुट्का जफत गरिएको छ । यस्तै बस्नेत किराना पसलमा साइन बोर्ड नभएको, मूल्यसूची नभएको, नापतौलको प्रमाणपत्र नभएको पाइएको छ । साई आस्था किराना पसल, राजसती किराना पसलमा पनि उपभोग्य मिति सकिएको सामग्री पाइएको छ । टंकीसिनवारी–२ को बस्नेत किराना पसलको कागजपत्र नभएकाले ७ दिनभित्र सम्बन्धित  कार्यालयमा आएर व्यवसाय दर्ता गर्न निर्देशन दिइएको वाणिज्यका प्रमुख नयराज नेपालले बताउनुभयो । टोलीले विराटनगर–१ पोखरीयास्थित इन्द्र किराना पसल र विराटनगर–४ को प्रभात किरानामा कागजपत्र नभेटिएकाले तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र, पान नम्बर, ढक तराजुको स्वीकृतिसहितका सक्कल कागजपत्र लिएर कार्यालयमा आउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्