नियमविपरीत सञ्चालित ई–रिक्सा ट्राफिकको फन्दामा

<span class='c1'>नियमविपरीत सञ्चालित ई–रिक्सा</span> <span class='c2'>ट्राफिकको फन्दामा</span>

विराटनगर, ८ असार : ट्राफिक प्रहरीले विराटनगरमा नियमविपरीत सञ्चालित ई–रिक्साहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नम्बर प्लेट नराखी नगर क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन ई–रिक्सा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ई–रिक्सालाई २ सयको दरले जरिवाना गरेर आगामी दिनमा नम्बर प्लेट राखेर मात्र सञ्चालन गर्ने कागज गराएर छोडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख विजय श्रेष्ठले बताउनुभयो । नगरक्षेत्रमा सञ्चालनमा रहेका तीन सय बढी ई–रिक्साहरुलाई व्यवस्थित गरेर मात्र नयाँ नम्बर खुलाउने त्रिपक्षीय सहमति भएपछि विराटनगर उपमहानगरपालिकाले हाल नयाँ नम्बर वितरणमा रोक लगाएको छ । नम्बर नपाएपछि चालकहरुले नम्बर अंकित गर्ने ठाउँमा नम्बर देऊ कि जागिर देऊ भन्ने नारा उल्लेख गरेर रिक्सा कुदाउन थालेका छन् । नियमविपरीत ई–रिक्सा सञ्चालन गर्नेहरुले निर्धारित दररेटभन्दा कम भाडामा समेत यात्रु ओसार्न थालेपछि दर्ता गरेर ई–रिक्सा कुदाउने चालकहरु समस्यामा परेको ई–रिक्सा चालक युनियनका अध्यक्ष गोपाल भुजेलले जानकारी दिनुभयो ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्