विराटनगर
असार ८
वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट पीडित भएका धादिङका बासिन्दालाई राहत प्रदान गर्न नेपाली कांग्रेसको एक टोली त्यता प्रस्थान गरेको छ ।
नेपाली कांग्रेस मोरङ, नेपाली कांग्रेस नगर समिति विराटनगर र नेपाल तरुण दल मोरङले संयुक्त रुपमा संकलन गरेको २ सय क्वीन्टल चामल लिएर टोली त्यता प्रस्थान गरेको हो । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा १० जनाको टोली धादिङ गएको हो । टोलीले धादिङ जिल्लाको ५ वटा हिमाली गाविसमा चामल वितरण गर्ने जनाएको छ । टोलीले हिमाली क्षेत्रका ५ गाविसमा २० केजीका दरले चामल वितरण गर्ने जनाएको छ ।