बस र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बस र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

विराटनगर, असार १० - मोरङमा दिउसो मोटरसाइकल र यात्रुबाहक बस एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको कोसी–हरैंचा नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा भएको बस र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

पूर्वतर्फ गइरहेको मे१ख १८५७ नम्बरको यात्रु बसले विपरित दिशाबाट आइरहेको ना २२ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक पथरी–शनिश्चरे नगरपालिका १४ का २२ वर्षीय शिशिरबहादुर कार्की र मोटरसाइकलको पछाडि बसेकी भोजपुरको होम्ताङ ६ की २८ वर्षीया विमला राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्