नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुलाई प्रहरी धरपकड

नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुलाई प्रहरी धरपकड

विराटनगर, १० असार : श्रमको उचित पारिश्रमिक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै १० दिनदेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुलाई प्रहरीले धरपकड गरेको गरेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले जथाभावी धरपकड गरेको भन्दै आफ्ना विद्यार्थीलाई जोगाउन आएका कलेजका अन्य डाक्टरहरुमाथि पनि हातपात भएपछि आन्दोलनले नयाँ मोड लिएको छ । श्रमशोषण गरेको र धरौटीबापतको रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुको माग पूरा गराउन प्रशासन मौन भएको भन्दै ओपीडी सेवा बन्द गराएका उनीहरुलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । आन्दोलनरत २० जना प्रशिक्षार्थी डाक्टरहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर छाडेको छ । शान्तिपूर्ण रुपमा धर्ना दिइरहेका उनीहरुलाई प्रहरीहरुले लाठीचार्जसमेत गरेको छ । उनीहरुलाई नोवेल मेडिकल कलेज प्रशासनले प्रहरी लगाएर लाठीचार्ज गरी दमन गरेको भन्दै अस्पतालका अन्य डाक्टरले समेत विरोध जनाएपछि आन्दोलनले नयाँ मोड लिएको हो ।  शान्तिपूर्ण रुपमा आन्दोलन गर्दासमेत प्रहरी प्रशासनले महिला प्रशिक्षार्थीहरुलाई हातपात र लाठीचार्ज गर्दै दमन गरेको प्रशिक्षार्थी डाक्टर गणेश फुलाराले बताउनुभयो । प्रहरीले निर्दाेष आफ्ना साथीहरुलाई लाठीचार्ज गर्दै पक्राउ गरेको भन्दै उनीहरु आक्रोशित भएका छन् । प्रहरीको लाठीचार्जबाट आफ्ना १० जना साथीहरु घाइते भएको फुलाराले जानकारी दिनुभयो । यता, कलेजका निर्देशक सुनिल शर्माले कुनै पनि हालतमा उनीहरुको माग पूरा गर्न नसकिने बताउनुभएको छ । यता प्रहरीको लाठीचार्जबाट विद्यार्थीहरुलाई बचाउन आएका अस्पतालका सिनियर डाक्टरहरुलाई समेत प्रहरीले जथाभावी लाठीचार्ज गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्