पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना

पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना

त्रिभुवन विमानस्थलस्थित महाशाखाले आफ्नो वेवसाइटमार्फत् पनि पूर्वका सर्वसाधारकणलाई सचेत हुन आग्रह गरेको छ। यस वर्षको मौसम चार दिन ढिलो गत जेठ ३० गते कमजोर अवस्थामा नेपाल प्रवेश गरेको थियो।

मौसमविद् श्रेष्ठका पूर्वी जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यसले गर्दा पहिरो जाने जोखिम त्यत्तिकै छ। 'पानी पर्ने र पूर्वबाट जलवाष्फयुक्त हावा आउने क्रम बढ्दै गएकाले भारी वर्षाको अनुमान गरेका हौं। त्यसले पहिरो जाने सम्भावना पनि बढन सक्छ', उनले भने। मौसम मापन केन्द्र भएका स्थानमा त्यत्ति पानी नपरेको भएपनि अन्यत्र धेरै वर्षा भइरहेको भूउपग्रहबाट प्राप्त भइरहेका तस्बिरले पुष्टि गरेको जानकारी श्रेष्ठले दिए।

उनले त्यस क्षेत्रमा मनसुन पूर्णरुपले सक्रिय भएको छ। पूर्वका सबै स्थानमा वर्षा भए पनि केही स्थानमा भारी वर्षा हुन सक्छ। 'बंगलको खाडीबाट आएको मौसम प्रणालीको एक हिस्सा पश्चिमतर्फ (मध्य नेपाल) सरिरहेको छ। यसले मध्य नेपालका पहाडी र तराई जिल्लामा पनि त्यत्तिकै पानी पार्ने सम्भावना छ, ' श्रेष्ठले भने।

उनका अनुसार राजधानीमा शुक्रबार दिउँसो परेको हल्ला वर्षा केही क्षणमा कम भए पनि पूर्वबाट आएका पानीको जलवाष्फ युक्त कणहरुले गर्दा राती धेरै वर्षा हुनसन्छ। 'मध्यमा पनि शुक्रबार राती भारी वर्षाको सम्भावना छ,' उनले भने।

बिहीबार बिहानदेखिको अविरल वर्षाले गर्दा सुदूर र मध्यपश्चिम क्षेत्र जलमग्न भइरहेको छ। 'ती क्षेत्रमा यो मौसम प्रणाली आजबाट कम हुन्छ। किनकि यो त्यतै विकास भएको सानो प्रणाली थियो। अब पानी पनि थामिन्छ,' श्रेष्ठले भने। उनका अनुसार पूर्वबाट गएकै प्रणालीले शनिबारदेखि मध्य र सुदुरमा प्रभाव पार्नेछ। फेरि पानी पर्छ।

यस वर्षको मनसुन कमजोर अवस्थामा चार दिन ढिलो पूर्वबाट प्रवेश गरेको थियो। सामान्यतया मनसुन जेठको तेस्रो साता नेपाल प्रवेश गर्नुपर्ने हो। यस पटक जेठ ३० गते प्रवेश गरेको महाशाखाले जनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्