कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा तालाबन्दी

<span class='c1'>कोशी अञ्चल अस्पतालको</span> <span class='c2'>ओपीडी विभागमा तालाबन्दी</span>

विराटनगर, असार ११। कर्मचारीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा तालाबन्दी गरेका छन् । विभिन्न ५ बुँदे माग राख्दै राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले आज बिहान ८ बजेदेखि ११ बजेसम्म ओपीडी विभागमा तालाबन्दी गरेको हो ।
करार प्रक्रियामा काम गरिरहेका कर्मचारीलाई स्थायी गरिनु पर्ने, अस्पताल विकास समितिले कर्मचारीहरुको स्तरबृद्धि गर्नुपर्ने, कर्मचारीलाई उपदान दिनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरिएको केन्द्रका अध्यक्ष श्रवण केवटले बताए।
ओपीडी सेवा बन्द भएपछि मोरङ सहित विभिन्न जिल्लाबाट उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन । उनीहरु सूचना नदिई तालाबन्दी गरिएकामा आक्रोशित समेत बनेका थिए ।

सिन्धुलीबाट श्रीमतीको उपचार गराउन आउनु भएका पुष्कर खड्काले कर्मचारीहरुले बिरामीहरुको उपचार पाउने अधिकारलाई बिना सूचना कुण्ठित गर्न खोजेकोे बताए । माग पुरा नभए आगामी १३ गते इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा अवरुद्ध गराउने कर्मचारीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्