नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनमा

<span class='c1'>नासाले अन्तरीक्षमा पठाएको</span> <span class='c2'>झण्डा शान्तिवनमा</span>

विराटनगर, १२ असार : सुनसरीको सीतागञ्जस्थित एभरेष्ट साइन्स सेन्टरले  अन्तरीक्षमा पु¥याएर फर्काइएको नेपाली झण्डा सार्वजनिक गरेको छ । अन्तरीक्षसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनको एभरेष्ट साइन्स सेन्टरमा प्रदर्शनीका लागि राख्ने उद्देश्यले शनिबार सार्वजनिक गरिएको हो । शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट साइन्स सेन्टरका सञ्चालन डा. दिलीप  अधिकारीले अन्तरीक्षमा पु¥याइएको उक्त झण्डा नासाले सेन्टरलाई उपहार दिएको जानकारी दिनुभयो । नासाले आफूलाई नेपालीका लागि अमूल्य भन्दै अन्तरीक्षमा पु¥याएर फर्काइएको झण्डा उपहार दिएको बताउनुभयो ।  नासाले उक्त झण्डा ओरियन स्पेस क्राफ्ट नामक रकेटमा राखेर धर्तीभन्दा ९० हजार किलोमिटर माथिसम्म पु¥याएर फर्काएको अधिकारीको भनाइ छ । उहाँले छिट्टै सो झण्डा सर्वसाधारणका निम्ति प्रदर्शनीमा राखिनेसमेत जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार शिवबहादुर कार्कीले एभरेष्ट साइन्स सेन्टरमा अध्ययन अवलोकनका निम्ति प्रशस्त साधनहरु रहे पनि त्यहाँसम्म पुग्ने सडक जीर्ण भएकाले सेन्टर फस्टाउन नसकेको बताउनुभयो । सो ठाउँमा आजैबाट थ्रिडी थिएटरसमेत सञ्चालनमा ल्याइएको छ । उद्घाटनको अवसरमा सहभागी पत्रकारहरुलाई डाइनोसरसम्बन्धी वृतचित्र देखाइएको थियो । गतवर्ष सेन्टरले शान्तिवनमा चन्द्रमाबाट ल्याइएको ढुंगा एक महिना प्रदर्शनीमा राखेको थियो ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्