संविधानको पहिलो मस्यौदा आज संविधानसभाको बैठकमा पेश गरिने

संविधानको पहिलो मस्यौदा आज संविधानसभाको बैठकमा पेश गरिने

प्रबिन दाहाल

काठमन्डौ

संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा आज संविधानसभाको बैठकमा पेश गर्ने भएको छ । दलहरुबीच केही विषयमा विवाद रहे पनि समितिले पहिलो मस्यौदा परिमार्जनसहित पारित गरेपछि आज बस्ने संविधानसभाको बैठकमा पेश गर्ने भएको हो ।
मस्यौदा समितिको हिजो बसेको वैठकमा पनि सवै विषयमा सहमति जुट्न नसकेपछि संविधानसभामै छलफल गर्ने गरी सर्वसम्मत रुपमा मस्यौदा बुझाउने तय भएको हो ।
दलहरुबीच धर्म निरपेक्षता की धार्मिक स्वतन्त्रतता, न्यायाधीशहरुको पुर्नियुक्ति, नागरिकता, जिल्ला राख्ने नराख्ने लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।
ती विषयहरु सम्बन्धि आ–आफ्ना अडान संविधान सभामा पेश गरी छलफल गर्ने सहमति पनि मस्यौदा समितिमा भएको नेताहरुले जानकारी दिएका छन् ।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले तयार गरेको संविधान मस्यौदाको प्रारम्भिक खाकामा समितिले संविधान संशोधन र अंगीकृत नागरिकता लगाउनका प्रावधानमा हेरफेर गरे पनि अन्य महत्वपूर्ण सैद्धान्तिक विषयमा सामान्य भाषिक परिमार्जन मात्र गरेको छ ।
मस्यौदा समितिका सभापति सिटौलाले संविधानको प्रस्तावमा उल्लेखित आधारभूत विषयको संशोधन पनि संघीय संसद्को दुई तिहाईबाट गर्न सकिने प्रावधान राख्न सकिने अवस्थामा पुगिएको बताउनुभएको छ ।
उहाँले कार्यदलको प्रस्तावमा केही सदस्यको फरक मत र केहीमा सुझाव प्राप्त भएको भन्दै अधिकांशले राखेका सुझावलाई परिमार्जनका रुपमा र केहीले उठाएका विषयलाई सुझावका रुपमा अघि बढाउने निर्णय भएको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्