अस्पताल हातामा फार्मेसी खोल्न रोक

अस्पताल हातामा फार्मेसी खोल्न रोक

प्रबिन दाहाल

काठमन्डौ

सर्वोच्चले निजी कम्पनीलाई अस्पताल हातामा फार्मेसी खोल्न नदिन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अस्पतालमा आफ्नो फार्मेसी सञ्चालन गरी सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने आदेश सर्वोच्चले दिएको हो ।
न्यायाधीशहरु वैद्यनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले निःशुल्क औषधि वितरणको सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका नाममा आदेश जारी गरेको हो ।
२०७० साल कात्तिक २५ मा सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न घोषणा गरेको थियो । तर, हालसम्म पनि कार्यान्वयन भएको छैन । सर्वोच्चले घोषित निःशुल्क औषधि सबै अस्पतालबाट वितरणको व्यवस्था नभएसम्म निजी कम्पनीलाई फार्मेसी खोल्न नदिन आदेश दिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्