रगेलीको पूर्वाधार विकासका लागि ध्यान नदिएकोले रंगेलीबासी निराश

 रगेलीको पूर्वाधार विकासका लागि ध्यान नदिएकोले रंगेलीबासी निराश

विराटनगर १४ असार

मोरंगको पुरानो सदरमुकाम रंगेलीका बासिन्दाले आफ्नो क्षेत्रको विकासमा सरकार उदासिन रहेको बताएका छन् ।
रंगेलीको पूर्वाधार विकासका लागि ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन् । एकसय वर्षअघि रंगेलीबाट सदरमुकाम विराटनगर सारिएपछि त्यस क्षेत्रका बासिन्दा उपेक्षित बन्दै आएका छन् । रंगेलीको विकाससमेत ओझेलमा परेको छ । स्थानीयबासिन्दाका अनुसार रंगेलीलाई सरकारले नगरपालिका घोषणा गरेपछि भने विकासले गति लिने आशा पलाएको छ । यो क्षेत्रको विकासका लागि बाटोघाटो निर्माणमा विशेष ध्यान दिन स्थानीयबासीले आग्रह गरेका छन् ।
यसैगरी स्थानीयले सरकारी कार्यालयहरु पुर्नस्थापित हुन सके रंगेलीले गुमाएको पुरानो साख फेरि फर्किएर आउने पनि आशा गरेको बताएका छन् । सरकारले यो क्षेत्रको विकासका लागि केही समयअघि एकीकृत सेवा कार्यालय स्थापना गरेको थियो । कतिपय सरकारी कार्यालयले रंगेलीमा सेवा दिने क्रम पनि सुरु भएको छ । रंगेली विराटनगरबाट पूर्वी क्षेत्रमा अवस्थित छ । यो बजार पहिले चामल व्यापारका लागि निकै कहलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्