सेवा सुविधा बढाउनु पर्ने माग

सेवा सुविधा बढाउनु पर्ने माग

विराटनगर, १४ असार
बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुले सरकारले सेवा सुविधा बढाउनु पर्ने माग गरेका छन् । लामो समयदेखि न्युन सेवा सुविधामा काम गरेको तर सरकारले कहिल्यै पनि सम्मान नगरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले आज जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।
मासिक तीन हजार रुपैंया पारिश्रमिक लिएर काम लगाउनु समान काममा समान ज्याला दिने भन्ने संवैधानीक नीतिकै खिल्ली उढाएको आरोप उनीहरुले लगाएका थिए । दैनिक चारघण्टा काम गर्दा राज्यले एक सय रुपैंया दिने नीति परिमार्जन गर्नु पर्ने माग उनीहरुले अगाडि सारेका छन् । उनीहरुले माग पुरा नभए साउन १ गतेबाट आन्दोलन गर्ने बताए ।
श्री शान्ति नि.मा.वि. उर्लावारी बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता शिला भट्टराईले सातवर्ष देखि काम गर्दै आएपनि हालसम्म मासिक तीन हजार रुपिँया मात्र पाउँदा जीवन गुजार्न समस्या भएको बताउनुभयो । उहाँले सरकारलाई आवश्यक भए केन्द्र चलाउन अन्था बन्द गर्न आग्ह गर्नुभयो । उहाँले राज्यबाट महिलामाथि हिंशा र शोषण गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो ।
मोरङमा विद्यालयमा आधारिक र समुदायमा आधारित गरी ९ सय ५१ बालविकास केन्द्रहरु सञ्चालन रहेका छन् । त्यहाँ कार्यरत सहयोगी कार्यकर्ताहरुले अब शिक्षक सरह सेवा सुविधा दिनुपर्ने माग गरेका छन् ।
सेवा सुविधा बृद्धिको माग गर्न गठित बाल विकास शिक्षक संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन पनि गरेका छन् । उनीहरुले प्रा वि तहको भन्दा आधा पािरश्रमिक दिनु पर्ने माग राखेका छन् र स्थायी नियुक्ती दिन पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्