नोबेलको आन्दोलन आज पनि जारी

नोबेलको आन्दोलन आज पनि जारी

 

प्रेम देवान

विराटनगर १५ असार । दुई सुत्रिय माग राखेर दुई साता अघि देखि आन्दोलीत बनेका नोबेल मेडिकल कलेज विराटनगरका प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन कै बिच अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरु पनि आज देखी धर्नामा बसेका छन । बन्द अस्पताल खुलाउनुपर्ने माग राखेर अस्पतालका सम्पुर्ण कर्मचारीहरु धर्नामा बसिरहेका अस्पतालका सूचना अधिकृत नारायण दाहालले बताउनुभयो । अध्ययन सुरु गर्दा बुझाइएको ५० हजार धरौटी फिर्ता गरिनु पर्ने र आफूहरुको मासिक पारिश्रमिक आठ हजार रुपैयाँ तोकिनु पर्ने माग राखेर गत असार १ गतेदेखि आन्दोलित बनेका प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन आज पनि जारी राखेका हुन । अहिले पनि प्रशिक्षार्थि डाक्टरहरु ओपिडि कक्ष अगाडि अस्पताल भित्र धर्नामा बसीरहेका छन । आफ्ना माग पूरा गराउन न्यायिक छानबनि समिति गठन भएमात्र आन्दोलन फिर्ता हुने बताएका छन् । आन्दोलनका कारण आज पनि अस्पतालको इमेरजेन्सी सेवा वाहेक सम्पूर्ण सेवा ठप्प छन । मेडिकल तथा सर्जिकल वार्डमा भर्ना भएका केहि विरामीहरु अस्पतालमै छन । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै शैक्षिक कार्यक्रम पनि बन्द गरिएको सूचना अधिकृत दाहालले बताउनुभयो । समस्या समाधानकालागी आन्तरिक छलफल भईरहेपनि निष्कर्ष निस्कन नसकिरहेको दाहालको भनाई छ । नोबेलले कलेज र अस्पतालको सेवा बन्द गरेपछि त्यहाँ कार्यरत फ्याकल्टी र इन्टर्न डाक्टरले हिजो देखि अस्पताल परिसरमै ओपिडी सेवा प्रारम्भ गरेका छन । उनिहरुले पनि समयमै तलब माग गर्दै आन्दोलन गरिरहेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्