पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय

<span class='c1'>पहिरोको उच्च जोखिममा परेका वस्तीलाई</span> <span class='c2'>१५ दिनभित्र हटाउने निर्णय</span>

प्रबिन दाहाल

असार १५ काठमान्डौ

सरकारले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जोखिममा परेका वस्ती १५ दिनभित्र हटाउने निर्णय गरेको हो ।
त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्री डाक्टर नारायण खड्का सदस्य रहेको समिति गठन गरेको छ ।
खानी तथा भू–गर्भ विभागका साथै सभासद र जिल्ला प्रशासन कार्यालयको सुझावका आधारमा शहरी विकास मन्त्रालयले जोखिम वस्ती स्थानान्तरणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
विज्ञहरुको स्थलगत प्रतिवेदनमा जोखिम वस्तीहरु स्थानान्तरण गरिने अस्थायी ठाउँसमेत सुझाइएको छ ।
प्रतिवेदनले १८ जिल्लाका वस्ती र सार्ने ठाउँको समेत टुंगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्