जेठ महिनाका पुलिस अफ दि मन्थ रामजी कट्वाल

जेठ महिनाका पुलिस अफ दि मन्थ रामजी कट्वाल

धरान असार १६ , पुर्व क्षेतृय प्रहरी कार्यालय बिराटनगरले धरान स्थित कोसी अन्चल सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रहरी निरिक्षक रामजी कट्वाललाई जेठ महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले नेपाल प्रहरीको त्रि-वर्षिय रणनितिक कार्य योजना (२०७०/०७१/०७२) र क्षेत्रीय प्रहरी प्रमुखको विशेष अभियान अन्तरगत प्रहरी कार्यालयहरुलाई जग्गा उपलब्ध गराउने नीति अनुरुप लामो समयदेखी प्रहरी कार्यालयले चर्चेको जग्गा प्रहरी कार्यालयको नाममा बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नुकासाथै गुल्म प्रमुखको रुपमा प्रशंसनिय कार्यसम्पादन गरेकोले प्रहरी निरीक्षक कट्वाललाई जेष्ठ महिनाको  पुलिस अफ द मन्थ बाट सम्मान गरिएको जनाएको छ।उनको कुशल कार्यशैलीको कारण कटवाललाई प्रहरी अफ द मन्थ बनाइएको क्षेतृय प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्