सप्तकोशीमा बहाव बढ्यो

सप्तकोशीमा बहाव बढ्यो

विराटनगर १६ असार ।
सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढेको हो । आज बिहान सात बजे गरेको मापन अनुसार नदीमा पानीको बहाव बढेर १ लाख १ हजार ६ सय ४० प्रति सेकेन्ड क्युसेक पुगेको छ । नदीमा पानीको बहाव १ लाख ५० हजार नाघेपछि खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी चलाइएको छ । सप्तकोशीमा रहेका ५६ मध्ये अहिले १७ वटा ढोका खोलिएका छन् । उता सप्तकोशी नदीबाट कुनै पनि अप्रिय घटना हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालयले ७० जना तालिम प्राप्त सशस्त्र प्रहरीहरु उद्दारका लागि तयारी अवस्थामा राखेको छ । सरकारले उद्धार सामाग्रीहरु नपठाएको भन्दै भैपरी समस्या आएमा उद्धारमा समस्या पर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रवीराज पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्