लिपुलेक विवाद चाँडै समाधान गरिने : प्रधानमन्त्री कोइराला

लिपुलेक विवाद चाँडै समाधान गरिने : प्रधानमन्त्री कोइराला

असार १६ काठ्मान्डौ

प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपाली भूमि भएको भन्दै यसको विवाद चाँडै समाधान गरिने बताउनुभएको छ । युवा संघ नेपालले लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै आज प्रधानमन्त्रीले लिपुलेक नेपाली भूमि भएको र यसलाई कार्यान्वयन गर्न लागि परेको बताउनुभयो । लिपुलेकका विषयमा परराष्ट्रविद्हरुसँग पनि छलफल भइरहेको भन्दै प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई पनि चाँडो लिपुलेकको समस्या समाधान गर्न सम्बद्ध मन्त्रालयका कर्मचारीलाई आदेश दिएको कोइरालाले बताउनुभएको थिया े।
युवा संघले नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउने उद्देश्यले भएको लिपुलेकबारेमा सम्झौताको विषयलाई नेपाल सरकारले अबिलम्ब पहल गर्नुपर्ने, चीन र भारतबीच भएको यो सम्झौताले नेपालको सार्वभौमसत्तामाथि गरेको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको उल्लेख गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको युवासंघको टोलीले दुई छिमेकी राष्ट्रबीच अबिलम्ब कुटनीतिक पहल गरी वार्ता र सम्वादमार्फत लिपुलेकको सम्झौता खारेज गराउन माग गरेको भेटमा सहभागी नारायण पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्