मन्त्रीको चर्तिकलाको संसदमा कुरा उठ्यो

मन्त्रीको चर्तिकलाको संसदमा कुरा उठ्यो

असार १६ काठमान्डौ 

असार १५ अर्थात हिजो आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि गरेको व्यवहारबारे सभासदले संसद बैठकमा कुरा उठाएका छन ्।
आज ब्यवस्थापिका संसदको बैठकको सुरुमा नै एकीकृत नेकपा माओवादीका सभासद जनार्दन शर्माले कृषिमन्त्रीको व्यवहारले सबै नेपालीको शिर निहुरिएको बताउनुभयो । कृषिमन्त्रीले महाजात्रा गरेको भन्दै ठूलो पदमा बस्दैमा सार्वजनिक स्‍थलमा अभद्र व्यवहार प्रस्तुत गर्नु निन्दनीय भएको शर्माले बताउनुभयो ।
कृषिमन्त्रीको व्यवहार गम्भीर आपत्तीजनक भएको भन्दै यस विषयमा सरकारको जवाफ समेत माग गर्नुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी नेतृ अनुराधा थापाले मन्त्री पराजुलीलाई कानुन बमोजिम कारबाही गर्न माग गर्नुभएको छ ।
कृषि विभागले धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएको भन्दै सामाजिक सञ्जाल लगायत सबैतिर कृषिमन्त्री हरिप्रसाद पराजुली चर्को आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्