विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

<span class='c1'>विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको</span> <span class='c2'>केन्द्रीय कार्यालयमा तालाबन्दी</span>

विराटनगर, १७ असार : विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, मधेसी विद्यार्थी फोरम नेपाल, तराई–मधेस विद्यार्थी फ्रन्ट, अग्रगामी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारी र पुष्पलालचोक नागरिक समाजलगायतका संघ–संगठनहरुले विश्वविद्यालयका कुलपति महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार निरोज पाण्डेको कार्यकक्षसहित प्रशासनिक कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालय अस्तव्यस्त रहेको अवस्थामा नयाँ सम्बन्धन तथा कोटा थप प्रक्रिया अगाडि बढाइएको, समावेशीताको आधारमा शिक्षक तथा कर्मचारीको विज्ञापन नगरिएको लगायतका विभिन्न ८ बुंदे माग राख्दै तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन् । विद्यार्थी संगठनहरुले विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक विकासको सट्टा आर्थिक चलखेलमा सीमित भएको, पदाधिकारीबीचको झैझगडाले विश्वविद्यालयको वातावरण धमिलिएको लगायतका आरोपसमेत लगाएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् । तालाबन्दी गरिएसँगै विश्वविद्यालयको सम्पूर्ण कामकारबाही प्रभावित भएको छ भने प्रशासनले प्रहरी निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्