अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एक पक्राउ

अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एक पक्राउ

असार १८ काठमान्डौ

अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देबिनगरका २५ बर्षका अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको मोतिपुरस्थित जयप्रकटेश्वर बोडिङ्ग स्कुलमा अख्तियारको कर्मचारी भन्दै रकम असुलेपछि गौतमलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो । गौतमले सो बोडिङ्गबाट अख्तियारको कर्मचारी भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्