मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुने

मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुने

प्रेम देवान

विराटनगर १८ असार । ‘स्वास्थ मानसिकताका लागि स्वस्थ शरीर’, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम भन्ने मूल नाराका साथ पन्ध्रौं मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुनेभएको छ । नेपाल बडी विल्डिङ तथा फिटनेश संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मिस्टर नेपाल प्रतियोगिता हुने जानकारी गराएको हो । आगामी असोज १ र २ गते हुने प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्ला र अन्य १४ जिल्लाका ८० जना प्रतिस्पर्धीको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितमा ७ समूहको तौल अन्तर्गत खेलाइने प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ८० केजी सम्मका प्रतिस्पर्धीको सहभागिता रहने फिटनेश संघ मोरङका अध्यक्ष प्रेम खड्काले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । आगामी २ दिन सम्म हुने प्रतियोगितामा पहिलो दिन प्रि जजिङ राउण्ड र दोस्रो दिन फाईनल राउण्ड हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो । फाईनल खेलमा प्रत्येक बजन समुहका खेलाडी विच समुहगत मिस्टर नेपाल द्धितिीय तथा तृतियको घोषणा गरिने फिटनेस सघका सचिव सन्तोष न्यौपानेले बताउनुभयो । खेलाडीलाई स्वर्ण, रजत तथा कास्यपदक एवम प्रमाणपत्रले सम्मान गरिने सचिब न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्