भाग्ने कैदिलाई गोली प्रहार

भाग्ने कैदिलाई गोली प्रहार

 

विराटनगर १९ असार ।

भूकम्प आएको मौका छापेर भागेका एक कैदी काठमान्डौको एक डिस्कोमा भेटिएका छन् । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा उनी घाइते भएका छन् । गत वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोक जिल्ला कारागारमा रहेका लागू औषध मुद्धामा १० वर्ष कैद भुत्तान गरिरहेका सन्की भन्ने रावणजीत तामाङ भागेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खोजी गर्ने क्रममा आज विहान पौने २ बजेतिर तामाङ सुन्धाराको बेलिलोन डिस्कोमा देखिएका थिए । प्रहरी नायव उपरीक्षक रमेश थापाको टोलीले नियन्त्रणमा लिएर उनलाई महशाखा लैजाने क्रममा उनका साथीहरुले अवरोध गरेका छन् ।प्रहरी टोलीमाथि हुलहुज्जत गर्नुका साथै साथीहरुको सहयोगमा तामाङ भागेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीका अनुसार तामाङको बाँया खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । फरार कदैलाई पक्राउ गर्न अवरोध गरेको तथा छुटाउन खोजेको भन्दै प्रहरीले उमेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ । उनी विगतमा पनि विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएको खुल्न आएको छ । थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्