सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै

<span class='c1'>सिटी सफारी र रिक्साको बिबादको</span> <span class='c2'>बिषय झन ठुलो हुँदै</span>

बिराटनगर असार २०

सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै गएको छ ।  सिटी सफारी सञ्चालमा आएपछि रिक्सा र टेम्पो व्यवसायीसँग विवाद सिर्जना भएको छ भने स्पष्ट नीति नहुँदा सिटी सफारीको व्यवस्थापनमा समेत समस्या भएको छ । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्यालयमा दार्ता गर्नुपर्ने हुन्छ । यसरी दर्ता भएको सफारी सिफारिस पाएको नगरभित्र सञ्चालन गर्न पाइन्छ । सफारीलाई मुख्य सडकमा नभई भित्री सडकमा मात्र सञ्चालनको अनुमति दिइएको हुन्छ । तर कुनै पनि सिटी सफारीले तोकिएको नियम पालना गरेका छैनन् । लाइसेन्ससमेत नभएका चालकहरुले मुख्य सडकमै सफारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुन्छ । यस्तै सवारीको चाप हुने मुख्य सडकमा सिटी सफारी जथाभावी रोक्ने र ट्राफिक नियमविपरीत कुदाउने गर्दा सडकजामको समस्या पनि बढिरहेको छ । यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख विष्णु पौडेल भने नगरपालिकाको सिफारिसअनुसार मात्र आफूहरुले दर्ता गर्ने र रुट परमिट दिने गरे पनि सिटी सफारीहरुले नियम उल्लंघन गरेकाले समस्या उत्पन्न भएको बताउनुहुन्छ । ट्राफिक प्रहरीले समस्या समाधान गर्न नियम उल्लंघन गर्ने सिटी सफारीलाई नियन्त्रणमा लिनुपर्ने उहाँको भनाइ छ ।    यता रिक्सा मजदुरको आन्दोलन चर्किएसँगै सिटी सफारी चालकहरुसमेत एकजुट बन्दै गएका छन् । यसले आपसी द्वन्द्व र विवाद बढाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्