प्रबिन दाहाल
काठमाण्डौ असार २०
विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित बनेका स्थानीयवासीले आज नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् ।
अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् । १५ दिनअघि ज्ञापन पत्र बुझाए पनि माग वेवास्ता गरेको भन्दै उनिहरु बन्दमा उत्रिएको बताईएको छ ।