मनसुन सक्रिय ; देशका विभिन्न ठाउँमा बर्षा

मनसुन सक्रिय ; देशका विभिन्न ठाउँमा बर्षा

प्रबिन दाहाल

काठमाण्डौ असार २०

मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पानी परेसँगै अहिले पूर्वको कोशी र पश्चिमको बबइ नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बडेपछि सचेत हुन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । चतराको कोशी र गुलरियाको बबइ नदीमा पानीको बहाव बढेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको बाढी पूर्वानुमान कार्यक्रमले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले बाढीबारे सूचना दिन पैसा तिर्न नपर्ने टेलिफोन सेवा पनि सुरु गरेको छ ।
बाढीको अवस्थालाई मात्र केन्द्रित गरेर केही दिन अघिदेखि टेलिफोन सेवा सुरु गरिएको विभागका महानिर्देशक शर्माले बताउनुभयो । उहाँका अनुसार ११५५ नम्बरमा फोन गर्दा कुन नदीमा बाढी र वर्षाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । यसरी टेलिफोन गर्दा आफु रहेको ठाउँ र लिन खोजेको सूचनाबारे जानकारी दिन उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्