विराटनगरको सीमावर्ती क्षेत्रमा नशामुक्त अभियान प्रभावकारी बन्दै

विराटनगरको सीमावर्ती क्षेत्रमा नशामुक्त अभियान प्रभावकारी बन्दै

विराटनगर, २० असार : नेपाल र भारतका बासिन्दाले विराटनगरको सीमावर्ती क्षेत्रमा सुरु गरेको नशामुक्त अभियान प्रभावकारी बन्दै गएको छ । उनीहरुले अभियानलाई निरन्तरता दिइरहेका छन् । आइतबामात्र सीमावर्ती क्षेत्रमा सचेतनामूलक ¥यालीसहित लागूऔषधविरुद्ध प्रदर्शन भएको छ । जोगबनीसहित विराटनगरलाई समेत नशामुक्त क्षेत्र घोषणा गराउने अभियानमा लागेका सरोकारवाला संघसंस्थासहित स्थानीयबासीले कार्यक्रमहरुलाई निरन्तरता दिइरहेका छन् । सो क्रममा आइतबार बिहान विराटनगर–१९ स्थित भट्टीमोडबाट सचेतनामुलक ¥याली निकालिएको छ । सामुदायिक सेवा केन्द्र रानी, इलाका प्रहरी कार्यालय रानी र स्पर्श नेपाललगायतका संघसंस्थाहरुको अगुवाइमा भट्टीमोडबाट निकालिएको ¥यालीले विराटनगर भन्सार क्षेत्रसम्मको परिक्रमा गरेको थियो । सो क्रममा उनीहरुले दुवै देशका सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको व्यापार बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए । से नो टु ड्रग्स नारा सहित निकालिएको ¥यालीको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले उद्घाटन गर्नुभयो । कार्यक्रमको विषयमा जानकारी दिंदै स्पर्श नेपालका अध्यक्ष संजिव खड्काले पूर्वमा लागूऔषधको दुव्र्यसनीहरुको संख्या बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकरी दिनुभयो । नशामुक्त आन्दोलन जोगबनीका प्रतिनिधिसमेत सहभागी भएको ¥याली भन्सारक्षेत्रमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जोगबनी कांग्रेसका अध्यक्ष विकास कुमारले जोगबनीमा सुरु गरिएको नशामुक्त आन्दोलनले सफलता हासिल गर्दै गइरहेको दाबी गर्नुभयो । रिचमण्ड फेलोसिपका अध्यक्ष संजीव चपागाईंले २०६९ सालमा गरिएको सर्वेक्षणमा देशभरिमा ९१ हजार बढी र मोरङमा ६ हजार ४ सय १५ जना लागूऔषध दुव्र्यसनीहरु रहेको बताउनुभयो । जोगबनी नगरपञ्चायतका उपमेयर नरेशप्रसाद र मोरङका प्रहरी प्रमुख तारिणीप्रसाद लम्सालले दुवै देशका सचेत नागरिकले एकताबद्ध भएर सुरु गरेको आन्दोलनले छिट्टै सफलता पाउने दाबी गर्नुभयो । कार्यक्रममा नशामुक्त आन्दोलन जोगबनीका अध्यक्ष अधिवक्ता सुनिलकुमार वर्मा, राप्रपा नेपालका मोहम्मद मुस्लिम मियाँ, सामुदायिक सेवाकेन्द्र रानीका अध्यक्ष किशोर सुब्बालगायतले लागूऔषधको कारबारीका नाइकेहरुलाई पक्राउ गर्न प्रशासनले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । दुवै देशको सीमावर्ती क्षेत्रमा एकैसाथ नशामुक्त अभियान सुरु भएकाले छिट्टै यो क्षेत्र दुव्र्यसनमुक्त हुने र लागूऔषधको कारोबारसमेत रोकिने सर्वसाधारणले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्