वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागु

वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागु

प्रबिन दाहाल

असार २१ काठमाण्डौ

खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागु हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयको गएको जेठ २६ गते कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत र मलेसियाका लागि टिकट र प्रवेशाज्ञा निःशुल्क गर्ने निर्णय गरेको थियो । अब निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा सहित कामदारको माग भएकालाई मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ । यो निर्णय कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनुपर्नेछ । त्यस्तै कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले १० हजार रुपैयाँसम्म कामदारबाट सेवा शुल्क लिन पाउनेछन् । नयाँ व्यवस्था लागु भएपछि सात मुलुकमा रोजगारीमा जान कामदारले १० हजार देखि २० हजार रुपैयाँको हाराहारीमा मात्रै म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्