प्रबिन दाहाल
असार २२ काठमाण्डौ
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ । नयाँ संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराउन दबाब दिने उद्देश्यले संविधानसभा घेराउ गर्न लागिएको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।मध्यान्ह १२ बजेपछि बबरमहलबाट र्यालीसहित नेता तथा कार्यकर्ताहरु संविधानसभा भवन घेराउ गर्न जाने उहाँले जानकारी दिनुभयो ।