विराटनगर- १६ मा आँखा शिविर सम्पन्न

<span class='c1'>विराटनगर- १६ मा</span> <span class='c2'>आँखा शिविर सम्पन्न</span>

विराटनगर २२ असार ।
विराटनगर उपमहानगरपालिकाको सहयोगमा विराटनगर आँखा अस्पतालले विराटनगरको वडा नम्बर १६ मा आँखा शिविर सम्पन्न गरेको छ । विराटनगर–१६ स्थित नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय १ जनाले आँखा परीक्षण गराएका छन् । विराटनगर आँखा अस्पतालका डाक्टर राहुल चौबेको नेतृत्वमा खटिएको टोलीले आँखाको परीक्षण गरेको हो । शिविरमा अधिकांशमा आँखा चिलाउने र पोल्ने समस्या देखिएको छ । शिविरमा आँखामा समस्या भएकाहरुका लागि निःशुल्करुपमा औषधि र चश्मा वितरण गरिएको छ । यसैगरी मोतियाबिन्दुको समस्या भेटिएका १९ जनाको विराटनगर आँखा अस्पतालले निःशुल्करुपमा शल्यक्रिया गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्