एउटै कारको ठक्करबाट विराटनगरमा आधा दर्जन व्यक्ति घाइते

<span class='c1'>एउटै कारको ठक्करबाट विराटनगरमा</span> <span class='c2'>आधा दर्जन व्यक्ति घाइते</span>

विराटनगर, २२ असार : तीव्र गतिमा कुदाइएको एउटै कारको ठक्करबाट विराटनगरमा आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय ओजेश संचेतीले कुदाएको कारको ठक्करबाट ८ जना घाइते भएका हुन् । विराटनगरको हाटखोला क्षेत्रमा मानिसहरुलाई ठक्कर दिंदै तीव्र गतिमा भाग्दै गरेको को १ च ४० ७० नम्बरको कारलाई स्थानीय व्यक्तिले लखेटेर कब्जामा लिएर तोडफोडसमेत गरेका छन् । संचेतीले कुदाएको कारले हस्पीटलचोकमा रिक्सा चालक सतन रामलाई ठक्कर दिएपछि भाग्ने क्रममा जिविस अगाडि अन्य व्यक्तिहरुलाई समेत ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।   यता प्रहरीले भने दुर्घटनामा दुईजना मात्र घाइते भएको जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख विजय श्रेष्ठका अनुसार  दुर्घटनामा हाटखोलाका ४० वर्षीय पैदल यात्रु अमित खनाल र मधुमाराका ४५ वर्षीय मोटरसाइकल चालक मानेन्द्र यादव घाइते भएका छन् । तर प्रत्यक्षदर्शीहरुले भने दुर्घटनापछि भाग्दै गरेको कारले अन्य धेरै व्यक्तिलाई ठक्कर दिएको बताएका छन् । ठक्कर दिएर भाग्दै गरेका संचेतीलाई सर्वसाधारणले पक्राउ गरेर कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए । चालक संचेतीको साथबाट भारतीय सवारी चालक अनुमतिपत्र फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्