विराटनगर उपमहानगरपालिकाद्वरा सिपमुलक तालिमहरुको अनुगमन

विराटनगर उपमहानगरपालिकाद्वरा  सिपमुलक तालिमहरुको अनुगमन

विराटनगर २२ असार ।
विराटनगर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र संचालित विभिन्न सिपमुलक तालिमहरुको आज अनुगमन गरेको छ । उप–महानगरपालिकाको सहयोगमा नगर क्षेत्र भित्र संचालित स्वरोजगारमुलक सिप विकास तालिमको अनुगमन गरेको हो । नगर क्षेत्र भित्र व्युटिपार्लर, सिलाइकटाइ, बुटिक, विद्युत वाइरीङ, मोवायल रीपेयरीङ, गुडिया तथा हस्तकला तालिम लगायतका विभिन्न १२ वटा तालिमहरु संचालन भइरहेको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधान, सामुदायीक विकास प्रमुख पुनमकुमार दाहाल, सामुदायिक विकास शाखा प्रमुख हिरालाल यादवले सो तालिमहरुको अनुगमन गर्नुभएको हो । नगरमा संचालित सो तालिमहरुमा नगर गेत्र भित्रका महिला, आदिवासी, जनजाती, पिछडावर्ग, अपाङ्ग लगायत १ सय ८० जना युवाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्