सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा पेश हुँदै

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा पेश हुँदै

  प्रबिन दाहाल

काठमाण्डौ असार २३

प्रमुख चार दलबीच विगतका नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटमा विगतका नीति तथा कार्यक्रम र बजेटलाई समेत निरन्तरता दिने सहमति भएको हो । प्रधानमन्त्री सुशील कोइरालाको पहलमा भएको वार्तामा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा चार दलका शीर्ष नेताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैबिच,
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा पेश हुँदैछ । दिउँसो ३ बजे बस्ने संसदको बैठकमा राष्ट्रपति डा रामबरण यादवले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद्ले पास परिसकेको छ । नीति तथा कार्यक्रममा भूकम्प प्रभावितको पुनःस्थापना र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्