वैदेशिक रोजगार ब्यवसायीहरुले आजदेखि ब्यवसाय ठप्प पार्ने

वैदेशिक रोजगार ब्यवसायीहरुले आजदेखि ब्यवसाय ठप्प पार्ने

 प्रबिन दाहाल

काठमाण्डौ असार २३

विभिन्न सात मुलुकमा सून्य लागतको ब्यवस्था लागू गरेको विरोधमा वैदेशिक रोजगार ब्यवसायीहरुले आजदेखि ब्यवसाय ठप्प पार्ने भएका छन् । सरकारले मलेसियासहित विभिन्न सात मुलुकमा भिसा र टिकट निःशुल्क गरेपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलिन भएका हुन् । विभिन्न राजनीतिक दलको भातृ संगठनको रुपमा क्रियाशील ब्यवसायीहरु निःशुल्क भिसा र टिकटको विरोधमा छन् । सरकारको निर्णय असफल पार्न उनीहरुले वैदेशिक रोजगार व्यवसायी एकता समिति गठन गरी सबै ब्यवसाय ठप्प पार्ने तथा दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आकस्मिक ब्यवसायीहरुको भेला आयोजना गरी आजदेखि आन्दोलन चर्काउन निर्णय गरेका हुन् । सरकारको निर्णय असफल पार्न उनीहरुले रोजगार ब्यवसायीको सवै कार्यालय आजदेखि बन्द गर्नुका साथै श्रम स्वीकृति बहिष्कार गर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको अन्तर्वार्ता बन्द गर्ने लगायतका निर्णय गरेका छन् । सरकारी निर्णयको विरोधमा आज ब्यवसायीहरुले ताहाचलस्थित श्रमग्राम घेर्ने कार्यक्रम तय गरेका छन् ।
......................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्