बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई घाइते

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई घाइते

मोरङ, आषाढ २३ 

मोरङको डाँगीहाट ४ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

को. १ ख ३५१७ नं.को बसको ठक्करबाट मोटरसाइकलका चालक लेटाङ-भोगटेनी नगरपालिका ६ बस्ने २८ वर्षिय बिरेन्द्र राई र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३३ वर्षिया मालती राई गम्भिर घाइते भएकी हुन्। उनीहरु सवार को १४ प ३००३ नं. को मोटरसाइकललाइ बिहान ८ बजेतिर डाँगीहाट ४ मा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बसले ठक्कर दिएको थियो।

घाइते दुबैलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने बसका चालक प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्