नीति तथा कार्यक्रममा पत्रकार महासंघको आपत्ति

नीति तथा कार्यक्रममा पत्रकार महासंघको आपत्ति

प्रबिन दाहाल

असार २४ काठमाण्डौ

राष्ट्रपतिले सम्बोधनमार्फत् घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता संशोधन गर्नेसम्मको विषय समावेश गरिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

सरकारी अधिकारीहरुले मिडियालाई बारम्बार नियन्त्रण गर्न खोजिरहेका बेलामा सरकारी नीति तथा कार्यक्रममै पत्रकार आचार संहिता संशोधन गर्ने विषय उल्लेख भएको हो ।
सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार देखिएको नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले बताउनुभयो । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता शब्द हटाइनु र नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता संशोधन गर्ने बताइनुले सरकारको नियत ठीक नदेखिएको उहाँले भनाई छ ।
हालै तयार भएको नयाँ संविधानको मस्यौदामा सञ्चार माध्यमका अधिकार कटौती गर्न लागिएको भन्दै पत्रकार महासंघले आपत्ति जनाइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा पत्रकार आचारसंहिता संशोधन गर्ने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्