मोरङका २९ विद्यालयमा टहरा निर्माण

<span class='c1'>मोरङका २९ विद्यालयमा</span> <span class='c2'>टहरा निर्माण</span>

मोरङका २९ विद्यालयमा टहरा निर्माण

विराटनगर, २४ असार÷ गत वैशाख १२ र २९ गतेको भूकम्पका कारण मोरङ जिल्लामा रहेका २९ विद्यालयका भवनमा क्षति पुगेपछि अस्थायी टहरामा कक्षा सञ्चालन आएको छ ।

हाल जिल्लाका २ सय ३५ विद्यालयमा भूकम्पबाट क्षति पुगेपनि २९ विद्यालयमा भने बढी क्षति भई अस्थायी टहरामा कक्षा सञ्चालन गएिको छ ।

जिल्ला शिक्षा कार्यालय मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीका अनुसार क्षतिग्रस्त भएका संरचनामा बालबालिकाहरुलाई राख्न नमिल्ने भएपछि शिक्षा विभागको निर्देशन अनुसार अस्थायी टहरा निर्माण गरिएको जनाउनुभयो ।

मोरङ जिल्लामा सहायक जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन गरी विद्यालयको संरचना प्रयोग गर्नै नमिल्ने विद्यालयहरुलाई तत्काल रकम उपलब्ध गराई अस्थायी टहरा निर्माण गरिएको हो । बढी क्षति पुगेका विद्यालयलाई राहत रकम उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष सिफारिस गरेको थियो ।

जिल्ला शिक्षाको सिफारिसमा जिल्ला दैवी प्रकोप उद्धार समितिले तहगत आधारमा रकम निकासाका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । जिल्ला शिक्षालाई राहत रकम उपलब्ध भएपछि उच्च माध्यमिक विद्यालयलाई १ लाख ५० हजार, माध्यमिक विद्यालयलाई १ लाख २५ हजार, निम्न माध्यमिक विद्यालयलाई १ लाख र प्राथमिक विद्यालयलाई ६० हजार रुपैयाँका दरले रकम निकासा गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्