विराटनगरका विद्यार्थीले भूकम्प उद्धारका लागि रोबोट बनाए

<span class='c1'>विराटनगरका विद्यार्थीले भूकम्प उद्धारका</span> <span class='c2'>लागि रोबोट बनाए</span>

प्रेम देवान
विराटनगर २६ असार । भूकम्पमा पुरिएका, बाढीपहिरो एवं प्राकृतिक विपत्मा परेकाको उद्धारका लागि अब रोबोट प्रयोग ल्याइने भएको छ। वैशाख १२ को विनासकारी भूकम्पमा परी पुरिएका व्यक्तिबारे थाहा पाउन नसक्दा ठूलो मानवीय क्षति भएको थियो। विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले यस्तो रोबोट आविष्कार गरेको छ । यसले घटनास्थलबाट कम्प्युटरमा सूचना सम्प्रेषण गर्छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपत्को समयमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्दश्यले सशस्त्र प्रहरी बललाई रोबोट हस्तान्तरण गरिएको छ। उक्त रोबोट सशस्त्रका एआईजी कृष्णमान तामाङलाई हस्तान्तरण गरिएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा प्राचार्य डा. सुदन झाले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक कृष्णमान तामाङलाई रोबोट हस्तान्तरण गर्नुभएको थियो । प्राचार्य डा. झा का अनुसार रोबोट निर्माणकार्य सम्पन्न हुने बेलासम्ममा एक लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्