श्रीमानको कुटाईबाट महिलाको मृत्यु

<span class='c1'>श्रीमानको कुटाईबाट</span> <span class='c2'>महिलाको मृत्यु</span>

मोरङ, आषाढ २७

मोरङको कोशीहरैचामा श्रीमानको कुटाईबाट एक महिलाको शनिबार मृत्यु भएको छ।

श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी कोशी-हरैचा नगरपालिका ३ की ३० वर्षिया सुस्मिता परियारको उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको हो।
परियारलाई गत असार २३ गते उनका पति पूर्वी पृतना हेडक्वाटर ईटहरीमा कार्यरत फलोवर्स याम बहादुर परियारले कोशी-हरैचा १२ सलकपुरस्थित डेरामा घरायसी वादविवाद हुँदा कुटपिट गरेका थिए। गम्भिर घाइते उनलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा सोही प्रतिष्ठानामा शनिबार बिहान ०७३० बजे मृत्यु भएको हो।

कुटपिटमा संलग्न पतिलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्