नेपाललाई हिन्दुराज्य कायम गराउन माग

<span class='c1'>नेपाललाई हिन्दुराज्य कायम</span> <span class='c2'>गराउन माग</span>

 

प्रेम देवान

विराटनगर असार २७ । नेपाललाई हिन्दुराज्य कायम गराउन माग गर्दै विराटनगरमा अभियान थालिने भएको छ । नेपाल हिन्दु राष्ट्र भनेर संविधानमै टिकान गराउन माग गर्दै‘सनातन हिन्दु राष्ट्रिय नेपाल जागरण अभियान’ नामक सस्था स्थापना गरेर अभियन शुरु गरीएको हो । अभियानले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालको विशिष्ठता जोगाउन अभियान आवश्यक भएको बताएको छ । अभियान अन्र्तगत चार चरणमा गरीने जनाएको छ । अभियान अन्तरगत हस्ताक्षर अभियान संचालन गरीने, ज्ञापन पत्र बुझाइने , साउन २ गते विराटनगरमा आम सभा गरीने अभियानका संयोजक तिलक प्रसाद रिजालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । संयोजक रिजालले हिन्दु राष्ट्र भन्ने वितिकै राज संगको विषय जोडिने भएकोले हिन्दु राष्ट्रमा राजा आबश्यक नभएको भन्दै आफ्नो अभियान हिन्दु राष्ट्र मात्र भएको राजा सहित नभएको प्रष्ट पार्नुभयो । कार्यक्रममा २०६२, ६३ मा भएको जनआन्दोलनले लोकतान्त्रिक गणराज्यको आवाज वुलन्द गरेको आरोप समेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्