मोरङ, आषाढ २७
मोरङको बिराटनगर १७ स्थित मलाया रोडमा भारतीय नम्बरको ट्रक (लहरी) पल्टिंदा एक जना घाइते भएका छन्।
भारतबाट कच्चा पदार्थ लिएर आएको NL-01-G-1155 नं. को लहरी आज बिहान ११ बजे बिराटनगर १७ स्थित बागमती प्लाष्टिक उधोगको गेटमा प्रवेश गर्नेक्रममा अचानक पल्टिएको थियो।
दुर्घटनामा चालक मोहमद अफरोज सामान्य घाइते भएका छन्।