नेपालीको वाषिर्क आम्दानी ४४७९ रुपैयाँ वृद्धि

नेपालीको वाषिर्क आम्दानी ४४७९ रुपैयाँ वृद्धि

 

२८ असार, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी चार हजार चार सय ७९ रुपैयाँ बढेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स र तलबभक्तामा वृद्धिका कारण प्रतिव्यक्ति आम्दानी बढेको हो ।

अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका संसदमा आइतबार पेस गरेको आर्थिक वर्ष ०७१/७२ को आर्थिक सर्वेक्षणमा नेपालीको प्रतिव्यक्ति आम्दानी ७६ हजार ६५ रुपैयाँ अर्थात सात सय ७२ अमेरिकी डलर पुगेको उल्लेख छ । गत आवमा नेपालीको प्रतिव्यक्ति आम्दानी ७१ हजार पाँच सय ८६ रुपैयाँ अर्थात सात सय २९ डलर रहेको नयाँ पत्रिकामा खबर छ ।

गत वर्षको भन्दा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स, तलब तथा ज्याला वृद्धि भएका कारण प्रतिव्यक्ति आम्दानी बढेको नेपाल आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्