बिदेश आउन मेडीकल गर्दा लुट (बिराटनगरका युवाको कथा)

बिदेश आउन मेडीकल गर्दा लुट (बिराटनगरका युवाको कथा)

बिराटनगर असार २८ ,

बिराटनगरबाट ८ महिना अघी बहराइन जान बिराटनगर-१५ का रोनल कडेल काठमाण्डौ आए , काठमाण्डौ आए पछी उनले मेडिकल गराउन एक्वा मेडीकल पसल गए त्यहाँ उनले आफ्नो जाच गराए , जाच गराउदा छातीमा केहि दाग देखिएको भनियो , त्यस पछी उनले केहि महिना पछी फेरी जाच गराए त्यस जाचमा पनि उनलाई छातीमा दाग छ भनियो । हरेक पटक जाच गराउदा यस्तो जवाफ पाए पछी रोनल फाइनल कुरा गर्न जादा उनलाई रु १०००० दिए तुरुन्त फिट लेखेर कागज दिने जवाफ दिए त्यहाँका कर्मचारीले । अगाडी नै धेरै पैसा दिसकेको र अब नदिने कुरा सुनाउदा उनले त्यसो भए बाहिर जान नपाउने धम्की दिए । धेरै गर्दा नि केहि नभए पछी उनले १०००० दिए र उनको हातमा फिट लेखेको कागज आयो । उनि त्यो लिएर बहराइन आए ,अब त्यहाँ पनि छुटै जाच गराउनु पर्ने भयो । उनि चिन्तित भए नेपालमा घुस दिएर बनाएको कागजले अब फसाद पर्ने भयो भनेर । केहि दिन मै उनले त्यहाँ जाच गराए ।ronalbidesh

उनि अचम्ममा परे जब त्यहाँ उनलाई फिट भनेर कागज दिइयो । त्यो बेला उनले सम्झे नेपालमा अनफिट त पैसा ( घुस्) खानलाई मात्र भनिएको रहेछ । " यस्तो ठगी म जस्तो पढ्एको मान्छेलाई गरे भने नपढ्एकालाई झन कती लुट्दा होलान " उनि भन्छन । हरेक बिदेश आउने युवाबाट यस्तो लुट रकम लिएको उनि दाबी गर्छन र सरकारलाई ध्यान दिन आग्रह पनि गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्