बिराटनगर चाँदनी चोक स्थित पुस्तकालयमा डोजर चल्यो

<span class='c1'>बिराटनगर चाँदनी चोक स्थित</span> <span class='c2'>पुस्तकालयमा डोजर चल्यो</span>

विराटनगर, २८ असार : स्थानीयको विरोधका बाबजुद विराटनगर उपमहानगरपालिकाले विराटनगर–६ चाँदनी चौकमा  अवस्थित शिरोमणी पुस्तकालय सोमबार भत्काएको छ । सडक साँघुरो भएको भन्दै २०४५ सालमा निर्मित शिरोमणि पुस्तकालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो । स्थानीयले पटक–पटक नभत्काउन अनुरोध गरे पनि उपमहानगरपालिकाले सडक विस्तार गर्ने भन्दै भत्काएको उनीहरुले  बताएका छन् । उनीहरुले तत्काल शिरोमणि पुस्तकालय भएको स्थानमा मन्दिर बनाउन पनि माग गरेका छन् । यता विराटनगर उपमहानगरपालिकाका इन्जिनियर अनिल सिंहले भने विकास निर्माण र सडक फराकिलो बनाउने अभियानअनुरुप शिरोमणि पुस्तकालय भत्काएको बताउनुभयो । स्थानीयको मागअनुसार सो ठाउँमा रमणीय फाउन्टेन पार्क बनाउने योजना रहेको उहाँले बताउनुभयो । शिरोमणि पुस्तकालय भत्काउँदा नगररक्षक, प्रहरी प्रशासन, स्थानीय र उपमहानगका कर्मचारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्