एमाले मोरङबाट भुकम्प पिडीतलाई डेढ करोड सहयोग

<span class='c1'>एमाले मोरङबाट भुकम्प पिडीतलाई</span> <span class='c2'>डेढ करोड सहयोग</span>

 

प्रेम देवान

विराटनगर २९ असार ः भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले डेढ करोड वढीको सहयोग गरेको छ ।

राहत रकम र खाध्य सामाग्री गरेर डेढ करोड वढीको सहयोग गरेको हो । भूकम्प पछि केन्द्रिय कमिटिले दिएको निर्देशन पूर्ण रुपमा कार्यन्वयन गर्दै राहत वितरणमा मोरङले सवै जिल्लालाई उछिनेको अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो । एमाले मोरङले १ हजार ५ सय ८६ दशमलव ४७ क्विन्टल चामल पठाएको अध्यक्ष रेग्मीको भनाई छ । एमाले मोरङका अनुसार जेठ २० गतेदेखि प्रभावित क्षेत्रमा राहत पठाउन सुरु गरेर असार २२ गते सम्पन्न गरिएको हो ।

अध्यक्ष रेग्मीका अनुसार सिन्धुपाल्चोकमा ३ सय ११ दशमलव २५ , रामेछापमा २ सय ५७ दशमलव ८० , दोलखामा २ सय ४४ दशमलव ४ , काठमाण्डौंमा ४ सय ७७ दशमलव ५० , धादिङमा २ सय १० र ताप्लेजुङका पहिरो पीडितलाई ८५ दशमलव ९२ क्विन्टल चामल पठाइएको छ । यस्तै २० केजी चिउरा , ५ कार्टुन विस्कुट , २ सय ५० केजी दाल र १७ सय केजी नुन पठाईएको अध्यक्ष रेग्मीले वताउनुभयो । गाउँ , क्षेत्रीय तथा जिल्ला कमिटिवाट संकलन गरिएको राहत सामाग्री प्रभावित क्षेत्रमा पठाईएको उहाँले वताउनुभयो ।

६ लाख २० हजार ४ सय ५ रुपैया प्रमुख जिल्ला अधिकारी मार्फत केन्द्रीय दैवी प्रकोप कोषमा पठाइएको र खाध्य सामाग्री आँफै लिएर गएको अध्यक्ष रेग्मीको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्