कान्तिपुर कलेजमा अभिमुखीकरण

कान्तिपुर कलेजमा  अभिमुखीकरण

विराटनगर÷ विराटनगर–१३मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थी र अभिभावकहरु सहभागी थिए ।
विज्ञान संकायमामा भर्ना भएका ४सय ५० र व्यवस्थापन संकायमा भर्ना भएका १सय ६० विद्यार्थी अभिमुखि करणमा सहभागि भएको कलेज प्रिन्सिपल खुसिराज श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा पूर्वञ्चल इन्जिनियरिङ एसोसिएशनका अध्यक्ष प्रकाशभक्त जोशी प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा कलेजका अध्यक्ष जनक अधिकारी, प्रिन्सिपल खुसीराज श्रेष्ठ, सीईओ रञ्जन कार्की, विष्णु दाहाल, प्रोफेसर डा. तेजनारायण मण्डल, डा. अर्जुन बराल, राष्ट्रिय क्रिकेट खेलाडी मेहवुव आलम, डा. मुकेशकुमार साह, इन्जिनियर निरज कर्ण लगायतले बोलेका थिए । कार्यक्रमको संयोजन कोर्डिनेटरद्धय भुवन नेपाल र जंगबहादुर मगरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्