नागरिकता नहुँदा ४ वटा सरकारी जागिर छुट्यो

नागरिकता नहुँदा ४ वटा सरकारी जागिर छुट्यो

बिराटनगर असार ३० ,

यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उनि काम गर्ने कार्यालयले नागरिकता नभएको थाहा पाउथियो उनलाई जागिरबाट निकाइदिन्थे । केहि नभएर उनि त्यस्पछी सि.एम जुट मिलमा काम गर्न थाले आफ्नो नाम मनोज कामत राखेर । २०६३ सालमा जन्मको आधारमा नागरिकता बनाउने प्रावधान आए पछी भने उनले नागरिकता बनाए । नागरिकता नहुँदा धेरै दुख पाएको उनि सम्झिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्